पर्वतका हेडसर छविलाललाई चुनाव प्रचारमा हिँडेपछि सोधियो स्पष्टीकरण
पर्वत | असोज ३१, २०७९
पोखराः श्री बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारी चुनावी प्रचारमा हिँडेको पाइएको छ ।
तिवारीले निर्वाचन आचारसंहिता विपरित राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचार गरेपछि निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको छ ।
आयोग पर्वतका निर्वाचन अधिकारी लक्षु शर्माले फलेवास ४ का तिवारीले २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण दिन भनेका छन् । आयोगका अनुसार तिवारीले सामाजिक सञ्जालमा उम्मेदवारहरुको प्रचार गर्दै पक्ष–विपक्षमा सामग्री पोष्टिएका छन् ।
आयोगका अनुसार तिवारी स्वयंलाई उपस्थित भई लिखित स्पष्टीकरण दिन भनिएको छ । अन्यथा, आचारसंहिता ०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारवाही किन गर्न नपर्ने हो ? भन्दै तिवारीलाई जानकारी गराइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

